बुधबार, बैशाख ३ २०८२    
Galaxy Khabar
SKIP THIS

लुक्ला उडेको सिता एयरको जहाजमा समस्या, काठमाडौंमा ‘फोर्स ल्याण्डिङ’

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, बैशाख ३ २०८२
  • लुक्ला उडेको सिता एयरको जहाजमा समस्या, काठमाडौंमा ‘फोर्स ल्याण्डिङ’

    काठमाडौं । रामेछापबाट लुक्ला उडेको लागेको सिता एयरको जहाजको काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ ।

    सिता एयरको एसटी ए९१६ विमानको हाइड्रोलिकमा समस्या देखिएपछि विमानलाई डाईभर्ट गरेर काठमाडौंमा अवतरण गराइएको हो ।

    जसको कारण त्रिभुवन विमानस्थलमा केही समय उडान अवतरण रोक्नु परेको विमानस्थलले जनाएको छ ।

    आकस्मिक अवतरणपछि रनवेबाट सर्न नसकेपछि केहीबेर अघि टयाक्टर र कर्मचारीले धकेलेर विमान रनवेबाट हटाईएको थियो ।

    अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको बताइएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार