बुधबार, बैशाख ३ २०८२    

शिक्षकहरुले सडकै ढाकेर प्रदर्शन गर्दा यातायात अस्तव्यस्त

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, बैशाख ३ २०८२
  • शिक्षकहरुले सडकै ढाकेर प्रदर्शन गर्दा यातायात अस्तव्यस्त

    काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।

    उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको छ ।

    प्रदर्शनमा सहभागीहरुले ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा ऐन विरोधीहरु होसियार’ लगायतका नारा लगाएका छन्।

    नयाँ शैक्षिक सत्र सुरु भएपनि प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौंको सडकमा आन्दोलनरत छन्। शिक्षकको आन्दोलनका कारण भर्ना अभियान पनि प्रभावित हुने भएको छ।

    शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन्।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार