बुधबार, बैशाख ३ २०८२    

९.७५ अंकले वृद्धि भयो नेप्से

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, बैशाख ३ २०८२
  • ९.७५ अंकले वृद्धि भयो नेप्से

    काठमाडौँ । बुधबार सेयरबजार परिसूचक नेप्से ९.७५ अंकले वृद्धि भई २६९८.९७ विन्दूमा पुगेको छ ।

    नेप्से बढेपनि कारोबार भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    उक्त मूल्य बराबरको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर किनबेच भएको छ ।

    बुधबार कारोबारमा आएका १४७ कम्पनीको मूल्य वृद्धि भएको छ भने ९७ कम्पनीको मूल्य घटेको छ । दुई वटा कम्पनीको मूल्य स्थीर रहेको छ ।

    यस्तै आज बैंकिङ क्षेत्रको शेयर बढेको छ । वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, लाइफ इन्सुरेन्स म्युचुअल फण्ड,नन्लाइफ इन्सुरेन्स क्षेत्रकको सेयर बढेको छ । साथै फाइनान्स, होटलतथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्तको शेयर घटेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार