
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने तीन जना प्रहरी जिम्मेवारीबाट हटाइएका छन् ।
गएको चैत ३१ गते दुबईबाट फर्किएका युवकलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरी विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएका हुन् ।
उनीहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
